निर्वाचन आयोगले राजनीतिक दललाई दियो यस्ता निर्देशन (पूर्णपाठ)

काठमाडौं । निर्वाचन आयोग नेपालले राजनीतिक दलहरुलाई १५ निर्देशन दिएको छ । राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ५७ बमोजिम आज बसेको आयोगको बैठकले विभिन्न १५ निर्देशन दिएको हो ।

जसमा आयोगमा दर्ता भएका राजनीतिक दलहरुको विधान संशोधन वा हेरफेर गरी राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ५१ बमोजिम अद्यावधिकको लागि आयोगमा पेश गर्दा आयोगले यसअघि नै स्वीकृत गरेको ढाँचा बमोजिम तयार गरेको बमोजिम पेश गर्न निर्देशन दिइएको आयोगका प्रवक्ता शालिकराम शर्मा पौडेलले जानकारी दिए ।

त्यस्तै दलले आफ्नो नाम, विधान, नियम, छाप, झण्डा वा चिह्नमा भएको परिवर्तन वा संशोधन वा पदाधिकारीको हेरफेर भएका विषयको जानकारी राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ५१ बमोजिम ३० दिन भित्र पेश गर्न समेत भनिएको छ ।

त्यस्तै राजनीतिक दलहरुले विधान बमोजिम विभिन्न तहमा रहने समितिहरुमा पदाधिकारी एवं सदस्यहरुको निर्वाचन मनोनयन वा नियुक्ति गर्दा नेपालको संविधान र राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा १५ बमोजिम समानुपातिक समावेशी शिद्धान्तका आधारमा सहभागिता हुने व्यवस्था गर्न समेत निर्देशन दिइएको छ ।

यद्यपी आयोगले बैठक बसी निर्देशन दिएको मिति फागुन ३ हुनुपर्ने ठाउँमा फागुन ४ लेखेको छ ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *