भक्तपुरबाट सात राउन्ड गोलीसहित लालबन्दीका एक जना पक्राउ

लालबन्दीमा ५ किलोभन्दा बढी गाँजासहित युवक पक्राउ, एक फरार

काठमाडौँ । भक्तपुरबाट सात राउन्ड गोलीसहित सर्लाहीका एक जना पक्राउ परेका छन् ।

जिल्ला प्रहरी परिसर भक्तपुरका डीएसपी प्रकाश जबेगुका अनुसार लालबन्दी नगरपालिका–५ का ४० वर्षीय गोपाल विक पक्राउ परेका हुन् ।

उनी हाल भक्तपुरको मध्यपुर थिमी नगरपालिका-१ लोकन्थलीस्थित सकुमबासी बस्तीमा बस्दै आएका थिए । उनको साथबाट बरामद भएका गोलीमा ५६ केएफ १३ उल्लेख छ ।

जेनजी आन्दोलनका क्रममा लुटिएका हुन् कि होइनन् भन्ने यकिन भइसकेको छैन । जिल्ला अदालत भक्तपुरबाट चारदिने म्याद लिएर प्रहरीले अनुसन्धान अगाडि बढाइएको पनि डीएसपी जबेगुले जानकारी दिए ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *