कान्तिपुर भेट डिस्ट्रिब्युटर्सकी सञ्चालक सर्लाहीकी सुवेदी पक्राउ

गोडैता । कान्तिपुर भेट डिस्ट्रिब्युटर्स सञ्चालक अध्यक्ष सुना सुवेदीलाई प्रहरीले पक्राउ गरेको छ। उनलाई काठमाडौंको शंखमुलबाट पक्राउ गरिएको केन्द्रिय अनुसन्धान ब्यूरो सीआईबीका एसएसपी शिव कुमार श्रेष्ठले जानकारी दिए।

सुवेदी सर्लाहीको ईश्वरपुर नगरपालिका-७, हल टोल घर भई काठमाडौँ महानगरपालिका–१३ स्थित शंखमुल बस्दै आएकी थिइन्। कान्तिपुर भेट ललितपुरमा सञ्चालित ठुलो भेटेरेनरी कम्पनी हो।

पशुसेवा विभागबाट अनुमति लिएको भन्दा बाहिरको प्रतिबन्धित औषधीहरू किर्ते कागजात बनाएर आयात गरेर सो कम्पनीले बेच्ने गरेको सीआईबीको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ।

विभागबाट पशुपन्छीको फिड सप्लिमेन्ट, प्रोवायोटिक्स, भिटामिन, मिनरल र टक्सिन वाइन्डर भन्दा थप सामग्री आयात गर्न सो कम्पनीका सञ्चालकले किर्ते कागजात बनाएको भेटिएको एसएसपी श्रेष्ठले बताए।

शुक्रवार पक्राउ गरेर प्रहरीले उनीमाथि किर्ते सम्बन्धी कसुरमा अनुसन्धान थालेको छ। केपी शर्मा ओली नेतृत्वको सरकार हुँदा तत्कालीन महान्यायाधिवक्ता रमेश बडालको संरक्षणमा सो कम्पनीका सञ्चालक पक्राउ पर्नबाट जोगिएको प्रहरीका अधिकृतहरू बताउँछन्।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *