विपद् प्रभावित नभएका जिल्लामा भोलिबाट सेवा प्रवाह सुरु गर्न गृह मन्त्रालयको निर्देशन

News Summary

Generated by OK AI. Editorially reviewed.

  • गृहमन्त्रालयले विपद् जोखिम नभएका जिल्लामा सोमबारबाट सार्वजनिक सेवा सञ्चालन गर्न सबै जिल्ला प्रशासनलाई निर्देशन दिएको छ।
  • गृह मन्त्रालयले भारी वर्षा र बाढीका कारण शनिबार दुई दिन सार्वजनिक विदा दिने निर्णय गरेको थियो।
  • कतिपय स्थानमा वर्षा रोकिएपछि गृह मन्त्रालयले आइतबार सबै प्रशासनलाई सेवा सञ्चालन गर्न भनेको हो।

१९ असोज, काठमाडौं। गृहमन्त्रालयले विपद् जोखिम र प्रतिकार्यमा संलग्न नरहेका जिल्लाहरुमा सोमबारबाट सार्वजनिक सेवा प्रवाह सुरु गर्ने सबै जिल्ला प्रशासनलाई निर्देशन दिएको छ।

गृह मन्त्रालयले भारी वर्षा र बाढीका कारण भन्दै शनिबार दुई दिन सार्वजनिक विदा दिने निर्णय गरेको थियो। तर कतिपय स्थानमा वर्षा रोकिएसँग सेवा सञ्चालन गर्ने अवस्था आएपछि गृह मन्त्रालयले आइतबार सबै प्रशासनलाई सेवा सञ्चालन गर्न भनेको हो।

गृहको निर्देशन अनुसार धेरै वटा जिल्ला प्रशासनले सोमबारबाट सेवा सञ्चालन गर्नका लागि स्थानीय आदेश जारी गरेका छन् ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *