आइतबार र सोमबार बिदा दिने सरकारको निर्णय

मधेश प्रदेशमा आज सार्वजनिक बिदा

लालबन्दी : सरकारले भोलि (आइतबार) र पर्सि (सोमबार) सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

अविरल वर्षासँगैको प्रतिकुल परिस्थितिलाई मध्यनजर गर्दै सरकारले थप दुई दिन बिदा दिएको हो ।

सरकारी कार्यालयहरू भोलिदेखि खुल्ने तय भएको थियो ।

तर, अविरल वर्षाका कारण सडक अवरुद्ध भएसँगै सरकारले थप दुई दिने बिदा दिने निर्णय गरेको गृहमन्त्री ओमप्रकाश अर्यालले जानकारी दिए ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *