साविक विजेता जनकपुर बोल्ट्सको नयाँ लोगो सार्वजनिक

News Summary

Generated by OK AI. Editorially reviewed.

  • जनकपुर बोल्ट्सले आगामी सिजनका लागि नयाँ लोगो सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको छ।
  • जनकपुरले अघिल्लो सिजनका मार्की आसिफ शेख, कप्तान अनिल साहसहित ७ खेलाडी रिटेन गरेको थियो।
  • एनपीएलको दोस्रो सिजन आगामी मंसिर १ गतेदेखि सुरु हुँदैछ।

१० असोज, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको डिफेन्डिङ च्याम्पियन जनकपुर बोल्ट्सले आगामी सिजनका लागि नयाँ लोगो सार्वजनिक गरेको छ ।

टोलीले सामाजिक सञ्जालमार्फत नयाँ लोगो सार्वजनिक गरेको हो ।

जनकपुरले अक्सनअघि अघिल्लो सिजनका मार्की र कप्तान दुवैसहित ७ खेलाडीलाई रिटेन गरेको थियो ।

अघिल्लो सिजनका मार्की आसिफ शेख, कप्तान अनिल साह, शुभ कंसाकार, किशोर महतो, ललित राजवंशी, तुलबहादुर थापामगर र रुपेश सिंहलाई टोलीले रिटेन गरेको थियो ।

अक्सनबाट जनकपुरले सचिन भट्ट, आदित्य महता, मयन यादव अनुबन्ध गर्दा विश लिस्टबाट बिकाश आग्रीलाई अनुबन्ध गर्‍यो ।

एनपीएलको दोस्रो सिजन आगामी मंसिर १ गतेदेखि सुरु हुँदै छ ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *