लालबन्दी : सर्लाही भागमा आगजनी पनि गरेका थिए। तत्काल नेपाली सेना, प्रहरी र सशस्त्र प्रहरी परिचालन भएपछि अवस्था नियन्त्रणमा आएको कारागार प्रमुख विशाल चौधरीले जानकारी दिए।
Chief Editor
Dipesh Ghimire
For relevant and accurent news follow us.




लालबन्दी : सर्लाही भागमा आगजनी पनि गरेका थिए। तत्काल नेपाली सेना, प्रहरी र सशस्त्र प्रहरी परिचालन भएपछि अवस्था नियन्त्रणमा आएको कारागार प्रमुख विशाल चौधरीले जानकारी दिए।
घटना हुँदा केही समयसम्म कारागार परिसर तनावग्रस्त बनेको थियो। सुरक्षाकर्मीले चारैतिरबाट घेरा हालेर नियन्त्रणमा लिएपछि अवस्था सामान्य बन्दै गएको जनाइएको छ। आगलागीलाई दमकलमार्फत निभाउने काम भइरहेको छ।
सर्लाही कारागारमा २१० जनाको क्षमता भए पनि हाल ३९८ जना कैदीबन्दी छन्। कैदीबन्दी संख्यामा बढ्दो चापले सुरक्षा चुनौती थपिएको कारागार स्रोतले बताएको छ।
घटनापछि जिल्ला प्रशासन कार्यालयले बिहान ८:३० बजेदेखि अर्को सूचना नभएसम्म निषेधाज्ञा जारी गरेको छ। प्रमुख जिल्ला अधिकारी तुलसीबहादुर श्रेष्ठका अनुसार महोत्तरीदेखि भारत सीमा, सिन्धुलीदेखि रौतहटसम्म चार किल्लाभित्र सभा, जुलुस, भेला, बैठक तथा आवतजावत पूर्ण रुपमा रोक लगाइएको छ।
निषेधाज्ञा अवधिमा नेपाली सेना, प्रहरीलगायत सुरक्षाकर्मीलाई व्यापक रूपमा परिचालन गरिएको छ। अत्यावश्यक सेवामा एम्बुलेन्स, दमकल, शववाहन, स्वास्थ्यकर्मी, सञ्चारकर्मी, मानवअधिकारकर्मी र कूटनीतिक नियोगका सवारीसाधनलाई भने सहुलियत दिइने प्रशासनले जनाएको छ।