मधेश प्रदेशमा आज सार्वजनिक बिदा

मधेश प्रदेशमा आज सार्वजनिक बिदा

लालबन्दी : मधेश प्रदेश सरकारले इस्लाम धर्मका संस्थापक पैगम्बर मोहम्मद साहबको जन्मदिवस ‘मोहम्मद दिवस’को अवसरमा आज भदौ २० गते शुक्रबार सार्वजनिक बिदा दिएको छ

मधेश प्रदेशका गृह‚ सञ्चार तथा कानुन मन्त्रालयद्वारा बिहीबार जारी सूचनामा भनिएको छ‚ ‘धार्मिक तथा सांस्कृतिक विविधता तथा सहिष्णुतालाई सम्मान गर्दै उक्त दिन प्रदेशभरका सबै सरकारी कार्यालय, सार्वजनिक संस्थान, विद्यालय तथा शिक्षण संस्थाहरूमा बिदा दिइएको छ।’

इस्लाम धर्मका प्रवर्तक हजरत मोहम्मदको जन्म भएको दिन मुस्लिम समुदायले विशेष प्रार्थना र धार्मिक सभा आयोजना गर्छन्।

यसअघि पनि मधेश प्रदेशले धार्मिक तथा सांस्कृतिक चाडपर्वमा सार्वजनिक बिदा दिंदै आएको गृहसचिव विमलप्रसाद बरालले जानकारी दिए।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *