शैक्षिक संस्थामा बम राखेको भन्दै प्रहरीको केन्ट्रोलमा खबर गर्ने व्यक्ति समातिए


१५ भदौ, काठमाडौं । शैक्षिक संस्थाहरूमा बम राखेको भन्दै प्रहरीको कन्ट्रोल रुमको १०० नम्बरमा फोन गर्ने व्यक्ति समातिएका छन् ।

पक्राउ पर्नेमा महोत्तरी गाउँपालिका–२ घर भएका ३८ वर्षीय जयरुद्र झा छन् । उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो ।

१३ भदौमा उनले १०० मा फोन गर्दै विभिन्न शैक्षिक संस्थामा बम राखेको दिउँसो ४ बजे पड्किन्छ भन्दै फोन गरेको प्रहरीले बताएको छ ।

त्यसपछि अनुसन्धानमा खटिएको टोलीले उनलाई कीर्तिपुरबाट पक्राउ गरेको हो । उनले किन यस्तो अफवाह फैलाए भन्नेबारे अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

पक्राउ परेका उनलाई थप अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *