शवको हड्डी किनबेच प्रकरण : पक्राउ परेका सर्लाहीका पुरुष धरौटीमा छुटे

आर्यघाटबाट हड्डी खरिद गरेको आरोपमा सर्लाहीका एकसहित दुई जना पक्राउ

लालबन्दी : काठमाडौँ जिल्ला अदालतले पशुपति आर्यघाटबाट शवको हड्डी किनबेच गरेको प्रकरणमा पक्राउ परेका ४ जनालाई धरौटीमा छाड्न आदेश दिएको छ ।

न्यायाधीश ईश्वरीप्रसाद भण्डारीको इजलासले बिहीबार उनीहरूलाई जनही १० हजार रुपैयाँ धरौटीमा छाड्न आदेश गरेको हो ।

सर्लाही लालबन्दी-२ का ४२ वर्षीय रामनन्दन ठाकुर, काभ्रेपलान्चोकको मन्डनदेउपुरका ६१ वर्षीय गणेशप्रसाद ढकाल भन्ने जीवनाथ ढकाल, उदयपुरको कटारीका २४ वर्षीय विनायक मैनाली र सप्तरीको बलानबिहुल का ४१ वर्षीय मिश्रीलाल यादवविरुद्ध मुद्दा दायर गरिएको थियो ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *