थाइल्याण्डकी आउटसाइड हिटर दारिन ललितपुर क्विन्समा अनुबन्धित

News Summary

Generated by OK AI. Editorially reviewed.

  • ललितपुर क्विन्सले एभरेस्ट महिला भलिबल लिग दोस्रो संस्करणका लागि थाइल्याण्ड राष्ट्रिय टोलीकी आउटसाइड हिटर दारिन पिन्सुवानलाई अनुबन्ध गरेको छ।
  • दारिन थाइल्याण्ड, दक्षिण कोरिया र चाइनिज ताइपेईमा खेलिसकेकी छन् र सन् २०१४ को इन्चोन एसियन गेम्समा कांस्य पदक जितेको टोलीकी सदस्य थिइन्।
  • एभरेस्ट महिला भलिबल लिग भदौ २० देखि २८ गतेसम्म पोखरामा हुनेछ र ललितपुर क्विन्सको टोली प्रशिक्षक उत्सव खड्काले नेतृत्व गर्नेछन्।

८ भदौ, काठमाडौं । ललितपुर क्विन्सले एभरेस्ट महिला भलिबल लिग (इडब्लुभी)को दोस्रो संस्करणका लागि थाइल्याण्ड राष्ट्रिय महिला भलिबल टोलीकी आउटसाइड हिटर दारिन पिन्सुवानलाई अनुबन्ध गरेको छ।

दारिन ललितपुरको तेस्रो विदेशी खेलाडी हुन्। यसअघि क्लबले थाइल्याण्डकै वारन्या श्रिलाओङ र पट्राथिप सान्त्रकुनलाई अनुबन्ध गरिसकेको थियो।

३० वर्षीया दारिनले थाइल्याण्ड, दक्षिण कोरिया र चाइनिज ताइपेईमा खेलिसकेकी छन्। उनी संलग्न थाइल्याण्ड टोलीले सन् २०१४ को इन्चोन एसियन गेम्समा कांस्य पदक जितेको थियो।

दारिनले गत संस्करणको लिग हेरेको र यसपटक उपाधि जित्ने लक्ष्यसहित नेपाल आउने बताएकी छन्। ललितपुर क्विन्सको टोलीलाई प्रशिक्षक उत्सव खड्काले नेतृत्व गर्नेछन्।

कप्तान सलिना श्रेष्ठसहित संगम महतो, लक्ष्मी चन्द, सुनिता राइ, सलिना बूढा मगर, निशा चौधरी, सृष्टि खड्गी र भावना डाँगी टोलीमा छन्।

ललितपुर क्विन्सको गुडविल एम्बासडरमा तीन स्वर्ण जितेकी एथलेट आयशा शाक्य नियुक्त भएकी छिन्। क्लबलाई रुप्से होलिडेजले मुख्य प्रायोजन गरेको छ भने आईएमई जनरल इन्स्योरेन्स पनि प्रायोजक बनेको छ।

दोस्रो संस्करणको एभरेष्ट महिला भलिबल लिग भदौ २० देखि २८ गतेसम्म पोखरामा हुनेछ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *