सप्तरीमा करेन्ट लागेर वृद्धाको मृत्यु, युवक झुन्डिएको अवस्थामा फेला

सप्तरीमा करेन्ट लागेर वृद्धाको मृत्यु, युवक झुन्डिएको अवस्थामा फेला

सप्तरी । सप्तरी जिल्लाको अग्नीसाइर कृष्णासवरन गाउँपालिका–४ टेङ्गरीमा करेन्ट लागेर एक वृद्धा महिलाको मृत्यु भएको छ।
स्थानीय वैद्यनाथ यादवकी ७० वर्षीया श्रीमती उर्मीलादेवी यादवको खेतमा जडान गरिएको विद्युत् मोटरको तार छुँदा घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय कञ्चनपुरका प्रनाउ माधवप्रसाद काफ्लेले जानकारी दिए।

यसैबीच, सप्तरीकै अग्नीसाइर कृष्णासवरन–४ स्थित बनौली क्षेत्रमा एक युवक झुन्डिएको अवस्थामा मृत फेला परेका छन्।
स्थानीय बौवालाल साहका छोरा अन्दाजी १९ वर्षीय अरविन्द साह झुन्डिएको अवस्थामा मृत भेटिएको स्थानीय रामसेवक मण्डलले जानकारी दिए।

दुवै घटनाको विषयमा प्रहरी अनुसन्धान जारी रहेको जनाएको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *