काठमाडौं । झापा दमकस्थित ‘दमक टावर’ अवलोकनमा दैनिक४ सयभन्दा बढी मानिस पुग्न थालेका छन् । यो व्यापारिक कम्प्लेक्स १ साउनदेखि सर्वसाधारणका लागि खुला भएको हो ।
१ साउनका दिन ४ सय १८ सर्वसाधारणले अवलोकन गरेको सहरी विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार २ साउनमा ३ सय ८१ र ३ साउनमा ४ सय ८१ जनाले अवलोकन गरेका थिए ।
सघन सहरी तथा भवन निर्माण आयोजना झापाका आयोजना प्रमुख रमेश थिङका अनुसार यो टावर बिहान १० देखि बेलुकी ५ बजेसम्म खुला गरिएको छ । टावर अवलोकन शुल्क प्रतिव्यक्ति १ सय रुपैयाँ तोकिएको छ ।