त्रिशूली नदी किनारमा पुरुषको शव फेला, रसुवाबाट बगाएको आशंका

जनकपुरधाममा मधेस शहिद प्रतिष्ठानका सदस्य रामनरेश राय यादव मृत फेला

चितवन। चितवनको इच्छाकामना गाउँपालिका–६ कालिखोला स्थित त्रिशूली नदी किनारमा एक पुरुषको शव फेला परेको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार अन्दाजी ४५ देखि ५० वर्ष उमेरका देखिने पुरुषको शव आज बिहान त्रिशूली किनारमा फेला परेको हो । शवको केही अंगहरु नभएको अवस्थामा फेला परेको र अहिलेसम्म पहिचान हुन नसकेको प्रहरी प्रमुख गोविन्द पुरीले जानकारी दिए ।

शव गत मंगलबार रसुवामा आएको बाढीले बगाएको व्यक्ति हुन सक्ने अनुमान गरिएको छ। यद्यपि औपचारिक रूपमा पुष्टि भइनसकेको र पहिचान खुलाउने प्रयास जारी रहेको प्रहरीले जनाएको छ ।

शवलाई परीक्षण तथा आवश्यक प्रक्रिया पूरा गर्न भरतपुर अस्पताल पठाइएको छ। प्रहरीको टोलीले घटनास्थल वरपरको क्षेत्रलाई सुरक्षा दिँदै अनुसन्धान अघि बढाएको छ ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *