देशका पहाडी भेगमा हल्का वर्षा र हिमपातको सम्भावना, जल तथा मौसम पूर्वानुमान महाशाखा

देशका पहाडी भेगमा हल्का वर्षा र हिमपातको सम्भावना, जल तथा मौसम पूर्वानुमान महाशाखा

काठमाडौं, चैत १७ : हाल देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यसका कारण कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत पहाडी भूभागमा आंशिक बदली भए पनि अन्य क्षेत्रको मौसम मुख्यतया सफा रहनेछ।

आज दिउँसो कोशी र गण्डकी प्रदेशका पहाडी क्षेत्रमा हल्का वर्षा र उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना रहेको छ। अन्य भूभागमा मौसम सामान्यतया सफा रहने अनुमान गरिएको छ।

राति पनि कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भेगमा आंशिक बदली रहनेछ भने अन्य क्षेत्रमा मौसम सफा रहनेछ। महाशाखाले चट्याङ, वर्षा र हिमपातका कारण दैनिक जनजीवन, कृषि, स्वास्थ्य, सडक तथा हवाई यातायातमा आंशिक प्रभाव पर्न सक्ने भएकाले सतर्कता अपनाउन अनुरोध गरेको छ

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *