राष्ट्रिय प्रजातन्त्र पार्टीद्वारा प्रदर्शनका लागि अपिल, तीनकुने घटनामा पूर्वराजाको नाम जोडिएकोमा आपत्ति

राष्ट्रिय प्रजातन्त्र पार्टीद्वारा प्रदर्शनका लागि अपिल, तीनकुने घटनामा पूर्वराजाको नाम जोडिएकोमा आपत्ति

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आगामी चैत २६ गते र वैशाख ७ गतेका लागि घोषणा गरिएको प्रदर्शन तथा आन्दोलनमा उच्च मनोबलका साथ तयारी गर्न पार्टी कार्यकर्तालाई अपिल गरेको छ। शनिबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले समान विचारधारा राख्ने दल, समूह, अभियान, धार्मिक संघसंस्था तथा आम जनसमुदायलाई आन्दोलनमा सहभागिता जनाउन आग्रह गरेको हो।

राप्रपाले चैत २६ गते काठमाडौंमा बागमती प्रदेशस्तरीय प्रदर्शन तथा आमसभा आयोजना गर्नेछ भने वैशाख ७ गते राजधानी केन्द्रित आन्दोलन गर्नेछ। पार्टीले यी कार्यक्रमहरूलाई प्रभावकारी बनाउन सम्पूर्ण कार्यकर्तालाई पूर्ण तयारीका साथ जुट्न आह्वान गरेको छ।

त्यस्तै, बैठकले शुक्रबार काठमाडौंको तीनकुनेमा भएको घटनामा पूर्वराजा ज्ञानेन्द्र शाहलाई जबरजस्ती विवादमा तानिएको भन्दै आपत्ति जनाएको छ। राप्रपाले पूर्वराजालाई अनावश्यक रूपमा राजनीतिमा घसीने प्रयासको निन्दा गरेको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *