समाजवादी मोर्चाद्वारा चैत १९ मा जनप्रदर्शनको तयारी, एक लाख सहभागी उतार्ने लक्ष्य

काठमाडौं, चैत ४ : नेपालमा कम्युनिष्ट घटकहरूको एकताका रूपमा स्थापित समाजवादी मोर्चाले आगामी चैत १९ गते व्यवस्थाको रक्षाका लागि देशव्यापी जनप्रदर्शन गर्ने तयारी गरिरहेको छ। यसका लागि मोर्चामा आवद्ध दलहरूले आन्तरिक तयारीलाई तीव्र बनाएका छन्।

यसै सन्दर्भमा, एकीकृत समाजवादी पार्टीले आज स्थायी कमिटी बैठक बसी प्रदर्शनलाई सफल बनाउन थप तयारी गरेको छ। बैठकपछि स्थायी कमिटी सदस्य जगन्नाथ खतिवडाले प्रत्येक दलबाट कम्तीमा १५ हजार मानिस उतार्ने लक्ष्य राखिएको जानकारी दिए। उनका अनुसार, प्रदर्शनमा कम्तीमा ६० हजारदेखि एक लाखसम्म मानिस सहभागी गराउने योजना बनाइएको छ।

पत्रकारहरूद्वारा कति मानिस उतार्ने भन्ने प्रश्नमा खतिवडाले भने, “कम्तिमा पन्ध्र चौको ६० त भइहाल्छ, भएन भने लाख भन्दा माथि जानुपर्छ भन्ने कोशिस गर्नेछौँ।”

साथै, उनले गणतन्त्र नेपालको विकल्प राजतन्त्र हुन नसक्ने दाबी गर्दै व्यवस्थाको रक्षाका लागि यो प्रदर्शन आवश्यक रहेको बताए। समाजवादी मोर्चाको यो प्रदर्शन नेपाली राजनीतिक परिदृश्यमा ठूलो प्रभाव पार्ने अपेक्षा गरिएको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *