देशभरको मौसमी अवस्था:पहाडी क्षेत्रमा वर्षा र हिमपातको अनुमान

देशभरको मौसमी अवस्था: पहाडी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं, फागुन १७ : हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज (शनिबार) सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश तथा देशका अन्य पहाडी भूभागमा सामान्य वर्षा र हिमपातको सम्भावना रहने अनुमान गरिएको छ।

महाशाखाले जारी गरेको बुलेटिनअनुसार, सुदूरपश्चिम, कर्णाली, गण्डकी र बागमती प्रदेशका केही स्थानहरूमा मेघ गर्जन, चट्याङसहित हल्का वर्षा भइरहेको छ। दिउँसो पनि यी क्षेत्रहरूमा आंशिकदेखि सामान्य बदली रहनेछ भने बाँकी भूभागमा मौसम मुख्यतः सफा रहनेछ।

आज राति देशका पहाडी भूभागका केही स्थानहरूमा चट्याङसहित हल्का वर्षा हुनसक्ने तथा उच्च पहाडी एवं हिमाली भूभागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ

महाशाखाले विशेष गरी सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, र गण्डकी प्रदेशका पहाडी क्षेत्रमा चट्याङसहित हल्का वर्षाको सम्भावना औंल्याएको छ। साथै, उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपात हुन सक्ने भएकाले दैनिक जनजीवन, स्वास्थ्य, कृषि, सडक तथा हवाई यातायातमा असर पर्न सक्ने भन्दै आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *