जनकपुर अन्तर्राष्ट्रिय चलचित्र महोत्सव २०२५: तयारी पूरा, ७८ फिल्म प्रदर्शन हुने

जनकपुर अन्तर्राष्ट्रिय चलचित्र महोत्सव २०२५: तयारी पूरा, ७८ फिल्म प्रदर्शन हुने

काठमाडौँ, फागुन १४ : मधेश प्रदेशको राजधानी जनकपुरधाममा फागुन १६ देखि १८ गतेसम्म आयोजना हुने तीन दिवसीय जनकपुर अन्तर्राष्ट्रिय चलचित्र महोत्सव को सम्पूर्ण तयारी पूरा भएको छ। संवाद फाउण्डेसनको आयोजनामा हुने यस महोत्सवले नेपाली चलचित्रको अन्तर्राष्ट्रियकरण, बजार प्रवर्धन, तथा स्थानीय चलचित्र संस्कृतिको विकास गर्ने लक्ष्य राखेको छ। आयोजकका अनुसार मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले महोत्सवको उद्घाटन गर्नेछन्।

जनकपुरधामको मैथिली विकास कोषको भवनमा आयोजना हुने यस महोत्सवमा ११४ भन्दा बढी देशका चलचित्रकर्मीबाट ३५०० भन्दा बढी आवेदन प्राप्त भएका छन्, जसबाट १० विधाबाट छानिएका ७८ उत्कृष्ट फिल्महरू प्रदर्शन गरिनेछ। नेपालसहित भारत, फ्रान्स, चीन, युके, इरान लगायतका देशका फिल्महरू स्क्रिनिङ हुनेछन्। मैथिली विकास कोषका तीनवटा हलमा स्क्रिनिङको व्यवस्था गरिएको छ।

फ्रान्सका निर्णय मण्डल सदस्य कोलेटका अनुसार यो महोत्सवले नेपाली चलचित्रलाई अन्तर्राष्ट्रिय स्तरमा पुर्‍याउने, युवा फिल्मकर्मीलाई प्रेरित गर्ने, तथा सांस्कृतिक विविधताको प्रवर्धन गर्ने उद्देश्य राखेको छ। महोत्सवको कुल लागत ६२ लाख रुपैयाँ रहेको छ, जसमा विभिन्न संघसंस्थाहरूको सहयोग प्राप्त भइरहेको छ। साथै, महोत्सवले नेपाल र अन्तर्राष्ट्रिय समुदायबीचको सांस्कृतिक सहकार्यलाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *