२७ माघ,काठमाडाैं। स्रोत नखुलेको रकमसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ।
जीतपुरसिमरा उपमहानगरपालिका-१ पथलैया चोकबाट १० लाख १७ हजार ५ सय नेपाली रुपैयाँ र १ लाख ४७ हजार ५ सय भारतीय रुपैयाँसहित भारतका ५० वर्षीय उजिर मियासहित तीन जनालाई शनिबार साँझ पक्राउ गरिएको हो।
प्रहरीले पथलैया चौकीबाट खटिएको टोलीले नारायणघाटबाट वीरगंजतर्फ जाँदै गरेको ना.५ ख ६५४४ नम्बरको बसमा सवार उनीहरूलाई पक्राउ गरेको हो। यससम्बन्धी प्रहरीले आवश्यक अनुसन्धान जारी राखेको छ।