२७ माघ,काठमाडौंः धरान कृषि उपज बजारस्थलले हालै कृषि बजारका प्रमुख केन्द्रको रूपमा आफ्नो स्थिति सुदृढ बनाएको छ। यहाँ दैनिक रूपमा २०० टनभन्दा बढी कृषि उपजको कारोबार हुँदै आएको छ। कृषि उपजहरू, जस्तै आलु, प्याज, टमाटर, खोर्सानी, सुन्तला, र दलहनहरूलाई बिक्री गर्न किसान र व्यापारीहरूले यहाँ ल्याउने गरेका छन्।
यस बजारस्थलमा दैनिक औसत एक करोड रुपैयाँभन्दा बढीको कारोबार हुने गरेको छ, र यसले व्यवसायिक खेतीलाई प्रोत्साहन दिइरहेको छ।धरान उपमहानगरपालिकामा अवस्थित यो बजारस्थलले तराई र पहाडी क्षेत्रका किसान र व्यापारीहरूको लागि मुख्य व्यापारिक केन्द्रको रूपमा कार्य गर्दै आएको छ।
यहाँ खसी, बोकाहरूको पनि विक्री बिक्री गर्ने व्यापारिक गतिविधि हुने गरेको छ, जसले हप्तामा ५ देखि ७ करोडसम्मको कारोबार सृजना गर्दछ। साथै, कृषकहरू र व्यापारीहरूले यहाँबाट मुलुकका विभिन्न स्थानहरू, जस्तै इटहरी, विराटनगर, काठमाडौ, र भारतमा कृषि उपज र खसी, बोका पठाउने गर्दछन्।