देशभर मौसमको अवस्था: केही स्थानमा हिमपातको सम्भावना, तराईमा हुस्सु कायम

देशभर मौसमको अवस्था: केही स्थानमा हिमपातको सम्भावना, तराईमा हुस्सु कायम

२७  माघ, काठमाडौंहाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव कायम रहेको छ, जसको असर कोशी, बागमती, गण्डकी प्रदेशका पहाडी क्षेत्रहरूमा आंशिक बदलीको रूपमा देखिएको छ। तराईका केही स्थानमा हिमपातको सम्भावना हल्का हुस्सु तथा कुहिरो लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

आज दिउँसोको मौसम पूर्वानुमान

  • कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भेगका एक/दुई स्थानमा हल्का हिमपात हुनसक्ने सम्भावना छ।
  • अन्य प्रदेशहरूमा मौसम सामान्यतया सफा रहने छ।
  • रातिको समयमा पनि यस्तै मौसमी अवस्था कायम रहने अनुमान गरिएको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहानीपख तराईका भू-भागहरूमा हुस्सु तथा कुहिरो लाग्ने सम्भावना रहेकोले, यसले दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा असर पार्न सक्ने चेतावनी दिइएको छ। यस कारण यात्रुहरू तथा सम्बन्धित निकायलाई आवश्यक सतर्कता अपनाउन अनुरोध गरिएको छ।

 

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *