खानेपानीमन्त्री प्रदीप यादव अस्थायी कार्यकक्षमा

खानेपानीमन्त्री प्रदीप यादव अस्थायी कार्यकक्षमा

२७ माघ,काठमाडाैं। खानेपानीमन्त्री प्रदीप यादव शनिबार विद्युत् सर्टका कारण आगलागी भएपछि नयाँ कार्यकक्षमा सर्नुभएको छ।

खानेपानी मन्त्रालयको मन्त्री कार्यकक्ष जलेर पूर्ण रूपमा क्षतिग्रस्त भएपछि उहाँले अस्थायी रूपमा मन्त्रालयकै तेस्रो तलाको कोठा नम्बर ४०७ बाट सेवा प्रवाह शुरू गर्नुभएको छ। मन्त्री यादवका निजी सचिव भक्तराज जोशीका अनुसार हाल मर्मत कार्य जारी रहेकाले अस्थायी कार्यकक्ष स्थापना गरिएको हो।

आगलागीबाट मन्त्रालयका महत्त्वपूर्ण कागजात सुरक्षित रहेका छन्, तर कार्यकक्षका टेलिभिजन, कम्प्युटर, सोफा, टेबल, कुर्सी, सिसी क्यामेराको मनिटर लगायत सामग्री नष्ट भएका छन्।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *