आगलागी भएको खानेपानी मन्त्रालयमा पूर्वाधार विकास समितिको अनुगमन : पूर्वतयारीको आवश्यकता

आगलागी भएको खानेपानी मन्त्रालयमा पूर्वाधार विकास समितिको अनुगमन : पूर्वतयारीको आवश्यकता

२७ माघ,काठमाडाैं। प्रतिनिधि सभाअन्तर्गतको पूर्वाधार विकास समितिले आगलागी पछि प्रभावित भएको खानेपानी मन्त्रालयको अनुगमन गरेको छ।

आइतबार भएको निरीक्षणमा समिति सभापति दीपकबहादुर सिंहले आगलागीका कारण धनको क्षति भएको पुष्टि गरे। उनले भने, “यो घटनाले सिंहदरबारभित्रका कार्यालयहरूको वायरिङदेखि सबै कुरामा जाँच गर्नुपर्ने आवश्यकता रहेको छ।” उनले सुरक्षा व्यवस्थामा सुधार गर्न र यस्ता घटनाबाट बच्न पूर्वतयारीका कामको महत्त्वलाई जोड दिएका छन्।

पूर्वाधार विकास समितिका सभापतिले डकुमेन्टहरूमा आगो नलागेको भए पनि यसले कार्यालयहरूको समग्र सुरक्षा व्यवस्थामा सुधार ल्याउनुपर्ने संकेत दिएको बताएका छन्। आगामी दिनहरूमा कार्यालयहरूको वायरिङ र अन्य सुरक्षा प्रणालीको परीक्षण गर्नुपर्ने आवश्यकता उन्ले बताए।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *