कैलालीको बर्दगोरिया गाउँपालिकामा निःशुल्क शववाहन सेवा सुरु

कैलालीको बर्दगोरिया गाउँपालिकामा निःशुल्क शववाहन सेवा सुरु

२७ माघ, कैलाली : कैलालीको बर्दगोरिया गाउँपालिका ले शोकमा परेका परिवारलाई सहजता दिन निःशुल्क शववाहन सञ्चालनमा ल्याएको छ।

गाउँपालिकाका अध्यक्ष कर्णबहादुर कुँवर का अनुसार, अब मृतकको पार्थिव शरीरलाई दाहसंस्कार स्थलसम्म पुर्‍याउन सवारी साधन खोज्ने झन्झट अन्त्य हुनेछ, विशेषगरी विपन्न नागरिकहरूलाई यसबाट ठूलो राहत मिल्नेछ। साथै, अन्त्येष्टि खर्चका लागि १० हजार रुपैयाँसम्मको आर्थिक सहयोग पनि प्रदान गरिनेछ।

यस सामाजिक पहल अन्तर्गत, पहिलो दिन वडा नम्बर २ बौनियाका मृतकका छोरा कालु लुहार र वडा नम्बर १ कट्टीपुरका मृतक शिशुका बाबु सुवास नेपाली लाई १० हजार रुपैयाँका दरले राहत हस्तान्तरण गरिएको छ।

साथै, गाउँपालिकाले चाँडै शव चिस्यान सेवा सुरु गर्ने तयारी गरिरहेको छ, जसले प्रवासी मजदुरका परिवारहरूलाई थप राहत दिनेछ। बर्दगोरियाको यो मानवीय कार्यले आर्थिक अभावले बढ्ने पीडालाई केही हदसम्म कम गर्ने विश्वास गरिएको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *