२५ माघ, नवलपरासी । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले नवलपरासी जिल्लामा औद्योगिक भ्रमण र केही विशेष परियोजनाहरूको उद्घाटन गरेका छन्।
शुक्रबार, मन्त्री भण्डारीले रामग्रामस्थित अरुण वेभरेज प्रालिमा २ मेगावाट क्षमताको सोलार प्लान्ट उद्घाटन गर्दै स्वच्छ र नविकरणीय ऊर्जा प्रवद्र्धनमा सरकारको प्रतिबद्धता व्यक्त गरे। उनले ऊर्जा आत्मनिर्भरता हासिल गर्न यस परियोजना महत्वपूर्ण रहेको बताए।
मन्त्री भण्डारीले उद्योग क्षेत्रको सम्भाव्यता, उत्पादनशीलता र रोजगारी सिर्जनासम्बन्धी जानकारी लिन सम्बृद्धि स्टिल प्याक्ट्रीको अवलोकन पनि गरे। साथै, उनले उद्योगमैत्री नीति बनाउन र नीतिगत सुधार गर्न प्रतिबद्धता जनाए।
यसैगरी, उनले लक्ष्मी ह्युन्डाइ एसेम्बलिङ प्लान्टको अवलोकन गर्दै स्वदेशमै गाडी निर्माण र एसेम्बल गर्नुपर्नेमा जोड दिए।