बर्दियामा बाघको आक्रमण,गोठालो गएकी महिलाको मृत्यु

बर्दियामा बाघको आक्रमण, गोठालो गएकी महिलाको मृत्यु

काठमाडौं: बर्दियामा बाघको आक्रमणमा परी एक महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा ठाकुरबाबा नगरपालिका-७ निवासी ५० वर्षीया पदमकला थापा रहेको बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत अशोककुमार रामले जानकारी दिएका छन्।

थापा ठाकुरबाबा नगरपालिका-६ स्थित बकुवा सामुदायिक वनमा गोठालो गएका बेला बाघको आक्रमणमा परेकी थिइन्।

हाल बर्दियामा बाघको आक्रमणको घटना बढ्दै गएको छ। वन तथा निकुञ्ज क्षेत्रमा प्रवेश गर्दा आवश्यक सतर्कता अपनाउन स्थानीय प्रशासनले आग्रह गरेको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *