काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (FNCCI) र भारतीय उद्योग परिसंघ (CII) बीचको संयुक्त बैठक काठमाडौंमा सम्पन्न भएको छ। नेपाल-भारत वाणिज्य सचिवस्तरीय बैठक को अवसरमा सीआईआई प्रतिनिधि मण्डलसँग महासंघले द्विपक्षीय व्यापारिक सहकार्यबारे छलफल गरेको हो।
नेपालको पक्षबाट महासंघका अध्यक्ष चन्द्र ढकाल र भारतीय पक्षबाट CII का सहअध्यक्ष सेन्थीलकुमार नेतृत्वमा बैठक सम्पन्न भएको थियो। बैठकमा व्यावसायिक वातावरण सुधार, लगानी प्रवर्द्धन, भन्सार तथा गुणस्तर जाँचको सरलीकरण, हवाई तथा व्यापारिक कनेक्टिभिटी, र नवीकरणीय ऊर्जा, सूचना प्रविधि, कृषि, पर्यटन लगायतका क्षेत्रीय सहकार्यमा विशेष जोड दिइयो।
बैठकका प्रमुख बुँदा:
✅ नेपाल-भारत व्यापार सहज बनाउन सरकारहरूलाई दबाब दिने सहमति
✅ भन्सार बिन्दुमा हुने गैरभन्सार कर हटाउन सुझाव
✅ नेपाली वस्तु भारतमा सहज रूपमा निर्यात गर्न आग्रह
✅ भैरहवा-पोखरा हवाई सम्पर्क विस्तार गर्न पहल
✅ जलविद्युत् निर्यातलाई १०,००० मेगावाट पुर्याउने लक्ष्य
✅ कृषि सामग्रीमा भारतले लगाएको परिमाणात्मक बन्देज हटाउन छलफल
नेपाल-भारत आर्थिक सम्बन्धलाई अझ मजबुत बनाउने उद्देश्यसहित सम्पन्न बैठकमा दुवै देशका व्यवसायीले नेपाल-भारत संयुक्त व्यवसायी मञ्च (JBF) को माध्यमबाट सहकार्यलाई विस्तार गर्ने सहमति गरेका छन्।
