पृथ्वी जयन्तीमा पृथ्वीनारायण शाह प्रति ओलीको श्रद्धाञ्जली

पृथ्वी जयन्तीमा पृथ्वीनारायण शाहलाई ओलीको श्रद्धाञ्जली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले ३०३औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा नेपाल एकीकरणका नेतृत्वकर्ता राजा पृथ्वीनारायण शाह प्रति श्रद्धाञ्जली अर्पण गरेका छन्।

शाहको योगदानलाई स्मरण गर्दै प्रधानमन्त्री ओलीले एकीकरण अभियानमा ज्यान अर्पण गर्ने सम्पूर्ण पुर्खाहरूलाई सम्मान व्यक्त गरेका छन्।

उनले सामाजिक सञ्जालमार्फत भने, राज्य एकीकरणको नेतृत्व गर्ने पृथ्वीनारायण शाह र अभियानमा होमिने हाम्रा पुर्खाहरूमा उच्च सम्मान व्यक्त गर्दछु।”

यस अवसरमा देशभर विभिन्न कार्यक्रमहरू आयोजना गरिँदैछ। नेपाल एकीकरणको महान यात्रालाई स्मरण गर्दै नागरिकहरूले पृथ्वीनारायण शाहको योगदानको चर्चा गरिरहेका छन्।

पृथ्वी जयन्तीमा पृथ्वीनारायण शाहलाई ओलीको श्रद्धाञ्जली
0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *