बारामा रोकि राखेको कारभित्र पुरुषको शव फेला

पुरुषको शव

काठमाडौं । बारामा शनिबार बिहान कारभित्र एक जना पुरुषको शव फेला परेको छ । जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर–११ स्थित सडकखण्डको छेउमा रोकि राखेको बागमती ०१–०२८–च–७६१६ नम्बरको कारभित्रबाट शव फेला परेको प्रहरीले जनाएको छ । 

प्रहरीले मृतकको टाउको पछाडि चोट लागेको जस्तो देखिएकोले हत्या गरिएको अनुमान गरेको छ । मृतकको पहिचान हुन सकेको छैन । घटनाका बारेमा अनुसन्धान भइरहेको छ ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *