पाँच वर्षदेखि थन्किएका बस आजदेखि सञ्चालन

पाँच वर्षदेखि थन्किएका बस आजदेखि सञ्चालन

लुम्बिनी । लुम्बिनी विकास कोषलाई दातृ निकायले अनुदान सहयोग स्वरूप उपलब्ध गराएका विद्युतीय सवारीसाधनको आजदेखि परीक्षणका रूपमा सञ्चालन गरिएको छ ।  यसअघि कानुनी समस्याका कारण सञ्चालनमा आउन नसकेका सवारीसाधनमध्ये दुई वटा बस आजदेखि सञ्चालनमा ल्याइएको हो । 

एसियाली विकास बैंक (एडिबी)को अनुदान सहयोगमा बृहत्तर लुम्बिनी क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटकलाई सेवा दिने उद्देश्यले अनुदान सहयोगमा प्राप्त विद्युतीय सवारीमध्ये दुई वटा बस परीक्षणका लागि सञ्चालन सुरु गरिएको लुम्बिनी विकास कोषले जनाएको छ ।

अनुदान सहयोगमा पाँच बस र १४ वटा विद्युतीय भ्यान संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले कोषलाई विसं २०७७ मङ्सिर ९ गते हस्तान्तरण गरेको थियो ।

यसअघि पर्यटक सेवाका लागि हरियो नम्बर प्लेट बनाउने कानुनी प्रावधान रहेकामा मन्त्रालयले सेतो नम्बर प्लेटमा बस र भ्यान हस्तान्तरण गरेपछि सञ्चालनमा समस्या भएको थियो । दाताले दिएका सवारीसाधनलाई विकास कोषले आजदेखि परीक्षणका रूपमा दान पेटिका राखेर सञ्चालन गरिएको जनाएको छ ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *