एचपीभी खोप: किशोरीलाई पाठेघर क्यान्सरविरुद्ध अभियान

एचपीभी खोप: किशोरीलाई पाठेघर क्यान्सरविरुद्ध अभियान

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पाठेघरको मुखको क्यान्सरविरुद्ध ‘ह्युमन पापिलोमा भाइरस’ एचपीभी खोप ल्याएको छ। गाभी (ग्लोबल एलायन्स)को सहयोगमा नेपालले चार लाख ६० हजार नौ सय ४० मात्रा खोप प्राप्त गरेको हो। खोपलाई टेकुस्थित भण्डारण कक्षमा राखेर प्रदेशहरूमा पठाउन सुरु गरिएको छ।

सरकारले किशोरीहरूलाई क्यान्सरबाट जोगाउन आगामी माघ २३ गतेदेखि १५ दिने खोप अभियान सञ्चालन गर्नेछ। कक्षा ६ देखि १० सम्मका विद्यार्थी र विद्यालयबाहिर रहेका १० देखि १४ वर्षका १६ लाख ८८ हजार नौ सय किशोरीलाई खोप दिने योजना रहेको बालस्वास्थ्य तथा खोप शाखाका प्रमुख डा. अभियान गौतमले जानकारी दिए। नेपालमा १७ लाख ७० हजार मात्रा खोप गाभीले उपलब्ध गराउनेछ।

हरेक वर्ष पाठेघरको मुखको क्यान्सरका कारण चार महिलाको मृत्यु हुने गरेको छ। कलिलो उमेरमा विवाह र बच्चा जन्माउने, लगातार बच्चा पाउने, असुरक्षित यौन व्यवहार, र धूम्रपान-मद्यपान जस्ता कारणले ह्युमन पापिलोमा भाइरसको सङ्क्रमण हुने गरेको जनाइएको छ। नेपालमा महिलामाझ पाठेघरको मुखको क्यान्सर सबभन्दा बढी देखिन्छ, जसपछि स्तन क्यान्सरको दर उच्च छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *