काठमाडौं । परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाले समानता र अल्पसङ्ख्यक समूहहरूको अधिकारको सुनिश्चितता गर्न नारीवादी परराष्ट्र नीतिको आवश्यकता रहेको बताएकी छन्। जर्मनीको राजधानी बर्लिनमा समानतासम्बन्धी सम्मेलनका क्रममा बोल्दै उनले पितृसत्तात्मक संरचनाको बहिष्करणलाई चुनौती दिन नारीवादी नीति प्रभावकारी हुने धारणा राखिन्।
‘नारीवादी परराष्ट्र नीतिले समावेशिता, सहानुभूति, र समानताका सिद्धान्तलाई प्राथमिकतामा राख्छ,’ मन्त्री राणाले भनिन्, ‘यसले मानव सुरक्षा, मेलमिलाप र समभावलाई अघि सार्दै लैङ्गिक, यौनिक तथा अन्य अल्पसङ्ख्यक समुदायका अधिकार सुरक्षित गर्न भूमिका खेल्छ।
’परराष्ट्रमन्त्रीले जहाँ पितृसत्ता बहिष्करणमुखी र शक्तिकेन्द्रित हुन्छ, त्यहाँ समानताका सिद्धान्तले सकारात्मक परिवर्तन ल्याउन सक्छ भन्दै नारीवादी परराष्ट्र नीतिले कूटनीतिमा सबैलाई समान व्यवहारको आधार सुनिश्चित गर्ने बताइन्।