सोल्टी – सर्लाही जिल्लाको बागमती नगरपालिकास्थित सोल्टी बजारमा ५१ औं वार्षिकोत्सवको इन्द्र जात्रा मेला महोत्सव आज मिति २०८१ साल असोज १ गते मङ्गलवारबाट सुरु भएको छ।
शंकरपुर सोल्टी बजारमा हरेक वर्ष मनाइने यो इन्द्र जात्राको अवसरमा विभिन्न सांस्कृतिक, खेलकुद, र मनोरञ्जनात्मक कार्यक्रमहरू आयोजना गरिनेछ। प्रत्येक बर्ष इन्द्रजात्राको अवसरमा आयोजना हुँदै आइरहेको इन्द्र जात्रा मेला महोत्सवको उद्घाटन प्रदेश न.२ सामसद जबहरलाल कुशुवाहले गर्ने आयोजकले जनाएको छ ।




सोल्टी यूवा क्लव , ५१ औ इन्द्र जात्रा मेला समिति बागमती नगरपालिका सोल्टी बजार साथै अध्यक्ष तारा लामा ,उपाध्यक्ष शेख मडोली ,सचिव गोपाल श्रेष्ठ ,कोषाध्यक्ष रामसागर चौधरीको आयोजना रहेको मेलामा ऐतिहासिक सँस्कृतिक जोगाउने उद्देश्यसहित प्रदेश स्तरिय खुल्ला डान्स प्रतियोगीता, आर्केष्ट्रा, कुस्ती, बिभिन्न खेल तमासा, रोटेपीङ र स्थानीय तथा राष्ट्रिय कलाकारको प्रस्तुती समेत रहने छ ।








यहि मिति २०८१ /०६/०१ गते मङ्गलवारबाट सुरु हुने ५१ औ वार्षिकोत्सवको इन्द्र जात्रा मेला महोत्सवको कार्यक्रम तालिका यस्तो रहेको छ ।
१ गते उद्घाटन तथा सो डान्स कार्यक्रम
२ गते डान्स प्रोग्राम ( काठमाडौंबाट आएका कलाकारहरु )
३ गते आर्केष्ट्रा डान्स
४ गते दिउसो कुस्ती र आर्केष्ट्रा डान्स
५ गते बेलुका डान्स प्रोग्राम ( पोखराबाट आएका कलाकारहरु )
महोत्सवको पहिलो दिन बिहान उद्घाटन तथा सो डान्स कार्यक्रम रहने छ । द्रोश्रो दिन काठमाडौंबाट आएका कलाकारहरुबाट डान्स प्रोग्राम हुने आयोजकले जनाएको छ ।महोत्सवको तेश्रो दिन आर्केष्ट्रा डान्स रहने छ भने चौथो र पाचौ दिन दिउसो कुस्ती र आर्केष्ट्रा डान्स साथै पोखराबाट आएका कलाकारहरुबाट बेलुका डान्स प्रोग्राम रहने छ।
मेलामा स्थानीय उत्पादनकासाथै विभिन्न व्यापारिक स्टलसमेत रहने महोत्सव आयोजक समितीका अध्यक्ष तारा लामाले जानकारी दिए। महोत्सव आयोजनाको लागि बागमती नगरपालीकाको कार्यालय ,व्यापारी, विभिन्न संघ संस्था तथा स्थानीयको व्यक्तिगत सहयोग रहेको आयोजकले जनाएको छ ।



बागमती नगरपालिका १० शंकरपुर सोल्टी बजारमा विगत लामो समयदेखि आयोजना हुँदै आइरहेको इन्द्र जात्रा मेला महोत्सव बिशेष गरी इन्द्र जात्राको निरन्तरता, सोल्टी बजारको बिकास, स्थानीय उत्पादनको प्रबद्र्धन, स्थानीय कलाकारको प्रतिभाको खोजी र सामाजिक सद्भावको उदेश्य राखी प्रत्येक बर्ष आयोजना हुदै आइरहेकोले स्वदेश तथा बिदेशको बिभिन्न ठाउँमा रहनु हुने र सम्पुर्ण नगरवासीसंग सहयोगको अपिल समेत गरेको आयोजकले जनाएको छ ।




