होस्टल व्यवसायी संघको शंखमुल-आलोकनगर समिति गठन

शंखमुल-आलोकनगर

काठमाडौं: होस्टल व्यवसायी संघले क्षेत्रीय समितिहरू विस्तार गर्ने क्रममा आइतबार शंखमुल-आलोकनगर समिति गठन गरेको छ।

महेन्द्र ओलीको संयोजकत्वमा गठन गरिएको उक्त समितिको सहसंयोजकमा भाइकाजी महर्जन, सचिवमा सिर्जना भुसाल र कोषाध्यक्षमा दीपक बानियाँ चयन भएका छन् ।

यस्तै सदस्यहरूमा शोभा राउत, रामचन्द्र सुवेदी र गीता थापा चयन भएका छन् ।

भेलाले आवश्यकताअनुसार कार्यसमिति र क्षेत्रीय समितिमा सदस्यहरू थप गर्न सक्ने निर्णय पनि गरेको छ।

भदौ ६ गते संघको बुद्धनगर भेलाले यज्ञराज नेपालको संयोजकत्वमा बुद्धनगर क्षेत्रीय समिति गठन गरेको थियो।

आज भएको शंखमुल-आलोकनगर क्षेत्रीय भेलाको अध्यक्षता काठमाडौं जिल्ला अध्यक्ष हिक्मत बहादुर थापाले गरेका थिए ।  केन्द्रीय उपाध्यक्ष भीम भण्डारी प्रमुख अतिथि रहेका थिए।

त्यसगरी कार्यक्रमलाई जिल्ला सचिव जुनु ढकालले सञ्चालन गरेकी थिइन्।

शंखमुल-आलोकनगर
0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *