झुला पर्व: मिथिलाको विशिष्ट सांस्कृतिक उत्सव

झुला पर्व: मिथिलाको विशिष्ट सांस्कृतिक उत्सव

साउन शुक्ल त्रितीयादेखि पूर्णिमासम्म चल्ने झुला पर्व सम्पन्न भएको छ।१३ दिने सो पर्व विष्णु लक्ष्मीको भक्ति गर्दै मठमन्दिरमा सामूहिक रूपमा मनाइन्छ।

विष्णु लक्ष्मीका अवतार मानिने राम–सीता र कृष्ण–राधाका प्रतिमालाई विशेष झुला (कोक्रा, एकप्रकारको कलात्मक पिङ)मा भुलाउनु (हल्लाउनु) नै यस पर्वको मुख्य विधि हो। झुलामा राखिएका प्रतिमालाई डोरी समाएर झुला गीत गाउँदै श्रद्धालुले हल्लाउने गर्छन्

साउन शुक्लपक्ष लाग्नुअघि मुख्यबाली धान रोपाइँ सकेका किसान तथा अन्य पेशाका सर्वसाधारण आफ्नो बस्ती नजिकका मठमन्दिरमा भेला भई भजनकीर्तन गाउँदै सीताराम र राधाकृष्णका प्रतिमा राखिएका झुला पर्व मा झुला हल्लाउदै नाच्छन्।

झुलाउत्सवमा मिथिलाको लोकलयमा झुला, मलार र कजरी गीत गाइने चलन छ। साउन पूर्णिमाको मध्यरातमा झुला झुलाइने रेशमको डोरी छिनाएर यो पर्व सम्पन्न गरिन्छ।

झुलाउत्सव भनिने यो पर्व प्राचीन मिथिला क्षेत्रका सबैतिर मनाइए पनि महोत्तरीको मटिहानीस्थित लक्ष्मीनारायणा मठ र मन्दिर एवं जनकपुरस्थित जानकी मन्दिरको निकै प्रसिद्ध छ।

मिथिलामा यो पर्व राम जन्मभूमि अवध (अयोध्या) र कृष्णको बाललीलास्थल मानिने वृन्दावनबाट देखासिकीबाट भित्रिएको विश्वास गरिन्छ।

पर्वभरि मटिहानी र जनकपुरधाम आसपासका मठमन्दिरबाट देवदेवी प्रतिमा झुलाका लागि जम्मा पारिन्छन्। महोत्तरीको मटिहानीमा झुला पर्व को लागि छुट्टै झुलाघर निर्मित छ, जहाँ लक्ष्मीनारायण मठमन्दिरबाट विष्णुलक्ष्मी प्रतिमा डोलीमा बोकेर ल्याई झुलामा भुलाइन्छ।

मटिहानीमा नेपाल–भारतका गरी दर्जनौँ मठमन्दिरका प्रतिमा झुलाका लागि ल्याइने चलन छ।

झुला पर्व: मिथिलाको विशिष्ट सांस्कृतिक उत्सव
झुला पर्व: मिथिलाको विशिष्ट सांस्कृतिक उत्सव
0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *