चितवन । भरतपुर महानगरपालिका–१ स्थित नारायणी नदी किनारमा बाघको आक्रमणबाट एक व्यक्ति घाइते भएको छ ।मर्निङवाक गर्दै गर्दा उक्त व्यक्तिलाई बाघले आक्रमण गरेको हो।
आइतबार बिहान पैदल हिँडेका भरतपुर–२ बेलटाँडी बस्ने ६० वर्षीय पशुपती श्रेष्ठलाई एक्कासी बाघले आक्रमण गरेको प्रहरीले जनाएको छ ।
बाघको आक्रमणबाट घाइते भएको श्रेष्ठको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ । उनको मुख र हातमा चोट लागेको बताइएको छ ।