निरन्तर वर्षाले पोखरा जोड्ने मुख्य राजमार्गको यात्रा सुरक्षित बनाउने ५ उपाय

निरन्तर वर्षाले पोखरा जोड्ने मुख्य राजमार्ग यात्रा जोखिमपूर्ण बनेको छ। खाल्डाखुल्डी र हिलाम्मे सडकका कारण यात्रु र सवारीचालकले सास्ती खेप्नुपरिरहेको छ। पोखरा–मुग्लिन र हरिचोक–याम्दी सडकको स्तरोन्नति कार्य समयमै नसकिँदा वर्षातमा हिलो र हिउँदमा धुलोबाट यात्रा गर्नुपर्ने बाध्यता छ। पृथ्वी राजमार्गअन्तर्गत मुख्य सहरी क्षेत्र प्रवेश गर्ने सडकको अवस्था नाजुक छ। स्थानीयवासी र यात्रुले सडक निर्माण ढिलाइले थप हैरानी खेपिरहेका छन्।

Read More
कृषि ज्ञान केन्द्रको अनुसार पर्सामा आजसम्म ६० प्रतिशत धानको रोपाइँ सम्पन्न

असार सकिनै लाग्दा अन्नको भण्डार मधेशमा सबैभन्दा कम रोपाइँ –

जनकपुरधामः देशभर १३ लाख ९८ हजारमध्ये ५ लाख ३९ हजार हेक्टर क्षेत्रफलमा धान रोपाइँ सम्पन्न भएको छ। यसवर्ष देशभर १३ लाख ९८ हजार २७३ हेक्टर क्षेत्रफलमा रोपाइँ हुने अनुमान गरिएको छ । त्यसमध्ये ५ लाख ३९ हजार ७६६ हेक्टर (३८.६ प्रतिशत) रोपाइँ सम्पन्न भएको कृषि विभागले जनाएको छ । असार २३ गतेको तथ्यांकअनुसार सुदूरपश्चिममा १…

Read More

बाढीले क्षति गरेपछि कुसुम राप्तीपारीका आधा दर्जन गाउँ अन्धकार

बाढीले क्षति गरेपछि बाँकेको कुसुमस्थित राप्तीपारीका आधा दर्जन गाउँ तीन दिनदेखि अन्धकार बनेका छन्। राप्ती नदीमा आएको बाढीले शनिबार दिउँसो विभिन्न स्थानमा बिद्युत तारमा क्षति पुर्‍याएको थियो। बिद्युत नहुँदा तीन दिनदेखि अन्धकारमा बस्नु परेको राप्ती सोनारी–१ खोकरीका स्थानीय इन्द्र ओलीले बताए। ‘तीन दिनदेखि गाउँमा बत्ती छैन, बर्खायामको बेलामा बाढीको जोखिम उत्तिकै छ, गाउँ पुरै अन्धकार…

Read More

घट्यो सुनको मूल्य, चाँदीको स्थिर

नेपाली बजारमा सुन–चाँदीको मूल्य सोमवार घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमवार छापावाल सुन प्रतितोला एक लाख ४५ हजार रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ४४ हजार तीन सय रूपैयाँमा कारोबार भइरहेको छ। आइतवार छापावाल सुन प्रतितोला एक लाख ४५ हजार चार सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ४४ हजार सात…

Read More

गाउँको माया

म गाउँबाटै शहर आएँ मात्रै म होइन मेरा कैयौ पुस्ता गाउँमै रमाए कञ्चन गाउँको पानीले तिर्खा मेटाए आँखाका निस्वार्थ हेराइ मुटुमा आत्मीय माया कलकल बग्ने खोलाजस्तै प्रेम अर्गानिक रहनसहनभित्र हरेक श्वासप्रश्वास अनि ढुकढुकी निस्वार्थ थियो वात्सल्य बलियो थियो साथीसँगी गुराँसजस्तै हँसिला थिए दयाभाव अनुहार मुसुक्कै प्रेमिल उपहार थियो सुगन्धमा स्वार्थ थिएन शीतका थोपामा रमाएका रंगीविरंगी…

Read More

दाङमा बाघको आक्रमणबाट तीन महिला घाइते

दाङमा बाघको आक्रमणबाट तीन जना महिला घाइते भएका छन्। इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक प्रकाश थापाले बाघको आक्रमणबाट तुलसीपुर–९ वेलुवाका ४५ वर्षीया कमला केसी, ५३ वर्षीया सीताकुमारी भण्डारी र १८ वर्षीया सरिता भण्डारी घाइते भएका जानकारी दिए। आज विहान तुलसीपुर उपमहानगरपालिका–९ स्थित नवदुर्गा सामुदायिक वनमा च्याउ टिप्न जाँदा उनीहरुलाई बाघले आक्रमण गरेको थियो। केसीको…

Read More

काग कति बाठो? |

हाम्रो जनजिब्रोमा एउटा भनाइ निकै झुण्डिएको पाउँछौँ-काग बाठो, कोइली मिठो ! उसो भए काग कति बाठो हुन्छ त? यसको मापन अहिलेसम्म कसैले गर्न सकेको थिएन। जर्मनीको युनिभर्सिटी अफ टुबिन्जेनस्थित एनिमल फिजियोलोजी ल्याबकी शोधकर्ता तथा न्युरोवैज्ञानिक डायना लियाओ र उनको टोलीले कागले चारसम्म गणना गर्न सक्ने बताएका छन्। मानिसले जसरी चिजबिज गणना गर्छन्, उसरी नै कागले पनि…

Read More

संसद बैठक आज पनि बस्दै

प्रतिनिधि सभाको बैठक आज पनि बस्दै छ। संसद भवन नयाँ बानेश्वरमा बस्ने बैठक बिहान ११ बजेका लागि बोलाइएको छ। आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रिय समावेशी आयोगको वार्षिक प्रतिवेदन आ.व.२०७९/०८० पेश गर्नेछन्। संसद सचिवालयका अनुसार आजको बैठकमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठनले राष्ट्रिय सभामा उत्पत्ति भएको सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक,…

Read More