वागमतीका मुख्यमन्त्री जम्कट्टेलले ६ गते विश्वासको मत लिने

हेटौंडा, वागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले यही साउन ६ गते प्रदेशसभामा विश्वासको मत लिने तयारी गरेका छन् । विश्वासको मत लिन प्रदेशसभा सचिवालयमा मुख्यमन्त्री जम्कट्टेलले पत्राचार गरेका हुन् । सत्तासाझेदार दलका नेताहरूसँगको छलफलपश्चात मुख्यमन्त्री जम्कट्टेल साउन ६ गते विश्वासको मत लिने निर्णयमा पुगेको वागमती प्रदेशसभामा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का प्रमुख सचेतक रत्नप्रसाद ढकालले…

Read More

गुल्मी मुसिकोटमा लघु जलविद्युतको नहर बाढीले बगायो, २५०० घरधुरीमा बिजुली बन्द

गुल्मी, अविरल वर्षासँगै आएको बाढीले गुल्मीमा विद्युत परियोजनाको नहर बगाएको छ । मुसिकोट नगरपालिकाका – ७ र ८ मा रहेका लघु विद्युत परियोजनाका नहर बडिगाड खोलाले बगाएपछि त्यहाँका नागरिक एक सातादेखि अन्धकारमा बस्न बाध्य भएका छन् । असार २१ गते परेको अविरल वर्षासँगै आएको बडिगाडको बाढीले परोपकार लघु जलविद्युत र दरमखोला लघु जलविद्युत नहर बगाएको…

Read More

सेवा अवधि नपुग्दै बिदा हुँदैछन् प्रहरीका ३ एआईजी र ९ डीआईजी, भदौमा १० एसएसपी एकसाथ बिदा हुँदै

काठमाण्डू, नेपाल प्रहरीका तीनजना अतिरिक्त महानिरीक्षक (एआईजी) ३० वर्षे सेवा अवधि नपुग्दै बिदा हुने भएका छन्। प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरकै ब्याची उमेर हदका कारण ३० वर्ष प्रहरी सेवामा रहन नपाउने भएका हुन्। महानिरीक्षक कुँवर भने अहिलेकै व्यवस्थामा आगामी चैत ५ गतेसम्म सेवामा रहनेछन्। तर, उनकै ब्याचका एआईजीहरु श्यामलाल ज्ञवाली, किरण बज्राचार्य र एआईजी दीपक थापाको…

Read More

१५ दिनभित्र राजनीतिक दस्तावेज पेस गर्न समाजवादी मोर्चाले बनायो कार्यदल

काठमाण्डू, समाजवादी मोर्चाले १५ दिनभित्र समीक्षात्मक राजनीतिक दस्ताबेज पेस गर्न कार्यदल बनाएको छ । पछिल्ला राजनीतिक घटनाक्रमको समीक्षा गरी १५ दिनभित्र प्रतिवेदन बुझाउने गरी कार्यदल गठन गरिएको समाजवादी मोर्चाका सदस्य खड्गबहादुर विश्वकर्माले जानकारी दिए । बैठकमा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालसहित उपाध्यक्ष अग्नि सापकोटा, महामन्त्री देव गुरुङ, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, महासचिव…

Read More

आज हरिशयनी एकादशी, तुलसीको बिरुवा सारिँदै

काठमाण्डू, घरघरमा तुलसीको बिरुवा सारी चार महिनासम्म गरिने विशेष पूजाआराधना आजदेखि सुरु हुँदैछ । एक महिनाअघि ज्येष्ठ शुक्ल एकादशीका दिनमा घरघरको तुलसी मोठमा राखिएको दलको बिरुवा आज मोठमा सारिन्छ । सनातन वैदिक परम्पराअनुसार तुलसीलाई विष्णुको प्रतीकका रूपमा मानिन्छ । आजदेखि कार्तिक शुक्ल एकादशीका दिनसम्म तुलसीको विशेष पूजा हुन्छ । आषाढ शुक्ल एकादशीदेखि कार्तिक शुक्ल एकादशीसम्म…

Read More

कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना

काठमाण्डू, देशभर हाल आंशिकदेखि साधारणतया बदली रही केही प्रदेशमा वर्षा भइरहेको छ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बिहान बागमती, गण्डकी र कर्णाली प्रदेशका केही तथा सुदूरपश्चिमका एक/दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको हो । बागमती र सुदूरपश्चिम प्रदेशका एकरदुई स्थानमा भारी वर्षा पनि भइरहेको महाशाखाले जनाएको छ । आज…

Read More

बागमती नदीमा बेपत्ता बालकको शव तीन किलोमिटर तल भेटियो –

 रौतहट : रौतहटस्थित बागमती नदीमा बेपत्ता बालकको शव प्रहरीले फेला पारेको छ। सोमबार बागमती नदीमा डुबेका तीन बालकमध्ये दुईको उद्धार गरिएको थियो। एक बालक भने बेपत्ता थिए । गढीमाई नगरपालिका–३ लक्ष्मीपुर बस्ने हकुदिन कवाडीको छोरा अन्दाजी वर्ष १० को सफर कवाडीको शव गढीमाई नगरपालिका–७ धर्मपुरस्थित बेपत्ता भएको स्थानबाट तीन किमी दक्षिण नदी किनारमा फेला परेको…

Read More

उच्च अदालत पाटनद्वारा मुद्दा फर्स्यौटमा उल्लेखनीय सुधार

काठमाडौं । उच्च अदालत पाटनले मुद्दा फर्स्यौटमा उल्लेखनीय सुधार गरेको छ । गत आर्थिक वर्षमा अदालतले ६६ प्रतिशत मुद्दा फर्स्यौट गरेको हो । मङ्गलवार उच्च अदालत पाटनले आफ्नो वार्षिक विवरण सार्वजनिक गर्दै कुल लगतको ६६ प्रतिशत मुद्दा फर्स्यौट गरेको विवरण दिएको हो । उच्च अदालत पाटनमा गत आर्थिक वर्षबाट सरी आएको मुद्दा ५ हजार ४४…

Read More

सिएमसीमा गत वर्ष पाँच करोडभन्दा बढीको निःशुल्क सेवा

चितवन । चितवन मेडिकल कलेज (सिएमसी) शिक्षण अस्पताल भरतपुरले गत एक वर्षमा पाँच करोड ६१ लाख ८ हजार चार सय १३ बराबरको निःशुल्क स्वास्थ्य सेवा दिएको जनाएको छ । अस्पतालले आज पत्रकार सम्मेलन आयोजना गरी गरिब, विपन्न, असहाय, ज्येष्ठ नागरिकसहित स्थानीय तहबाट सिफारिस भइआएका बिरामीलाई निःशुल्क स्वास्थ्य सेवा दिएको स्पष्ट गरेको छ । अस्पतालका प्रमुख…

Read More