लालबन्दी : नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ।
बुधबार बसेको निगम सञ्चालक समितिको बैठकले मध्यरातबाट लागू हुने गरी पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य घटाउने निर्णय गरेको हो।
जसअनुसार पेट्रोलको प्रतिलिटर एक रुपैयाँ, डिजेल र मट्टीतेलको प्रतिलिटर मूल्य २ रुपैयाँ घटाइएको हो।
हवाई इन्धन र एलपी ग्यासको मूल्य भने यथावत् राखिएको छ।
नयाँ मूल्यसूची अनुसार काठमाडौं, पोखरा र दिपालय क्षेत्रमा पेट्रोल लिटरको १७० रुपैयाँ पर्नेछ। झापा, विराटनगर जनकपुर, नेपालजञ्ज, धनगढी र वीरगञ्ज क्षेत्रमा १६७ रुपैयाँ ५० पैसा तथा सुर्खेत र दाङ क्षेत्रमा १६९ रुपैयाँ पर्नेछ।