काठमाडाैं । नेपाल मानव धर्म सेवा समितिले आफ्ना देशभर रहेका शाखा तथा उप-शाखाहरुमा गुरुपुजा महोत्सव- २०८१ लाइ सम्पन्न गरेकाे छ।
मानव धर्म सेवा समितिको केन्द्रीय कार्यालय काठमाडाैंमा रहेको श्री हंस आत्मबोध आश्रम प्राङ्गण परिसरमा अाइतबार बिहान गुरुपुजन आरतीगरि गुरुप्रती श्रद्धाभाव व्यक्त गरियो।
दिनको १ बजेदेखि औपचारिक सत्र सुरुभएको सो कार्यक्रमका प्रमुख अतिथि पशुपति क्षेत्र बिकास कोषका सदस्य सचिव डा. मिलन कुमार थापाले गुरूपुजनकाे महत्वका बिषयमा प्रकाश पारेका थिए । कार्यक्रममा काठमाडौ महानगरपालिका वडा न. ८ र ९ का जनप्रतिनिधिहरु, स्थानीय राजनैतिक दलका प्रतिनिधिहरू लगायतकाे उपस्थिति रहेकाे थियाे । साेही क्रममा सिन्धुपाल्चोक रेडक्रसका महामन्त्री कमलचरण कक्षपती, पर्यटनविद पासाङ्ग लामा आदिले गुरू पुर्णिमा र यसकाे महत्वका बारेमा चर्चा गरे ।
संस्थाकाे बालसभाका सक्रिय बालबालिकाहरुको नाटक, कविताबाचन र भक्तिसङ्गितका कलाकारहरुबाट गुरुमहिमा झल्कने सन्देशमुलक भजनहरु प्रस्तुत गरिएको थियो भने विभिन्न सांगीतिक कार्यक्रमहरूकाे समेत अायाेजना गरिएकाे थियाे ।
विभिन्न बक्ताहरुले गुरुको महत्व र महिमा सम्वन्धी बिचार राखेको सो कार्यक्रमकि सभापति केन्द्र प्रमुख महात्मा चमेली बाईज्युले गुरुधारण गर्नु सामान्य कुरा नभएकाले आफुले स्वअध्यन गरि अपनाउनु पर्ने र गुरुको कृपा एवम बिश्वासपात्र बन्न निस्काम भक्ती आवस्यकता पर्ने भएकाले अहिलेको अशान्त मानव समाजले सुमार्ग तथा दिर्घकालिन विश्व समाजको हित चाहने हो भने श्रोत्रीय ब्रम्हनिष्ठ गुरुधारण गर्नुपर्ने बताईन ।