राप्रपाले प्रधानमन्त्री ओलीलाई विश्वासको मत नदिने

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत नदिने भएको छ।

प्रधानमन्त्री ओलीले भोलि (आइतबार) विश्वासको मत लिँदैछन् । त्यसको अघिल्लो दिन आज राप्रपाले प्रधानमन्त्री ओलीलाई विश्वासको मत नदिने भएको हो ।

संविधान संशोधनका लागि नयाँ सरकार बनेको भनिए पनि पछिल्ला गतिविधिहरूले आशंका गर्ने धेरै ठाउँ देखाएको अध्यक्ष राजेन्द्र लिङ्देनले बताए ।

उनले कांग्रेस र एमालेको सहकार्य सत्ता स्वार्थको लागि मात्रै भएको आशंका लागेकोले तत्काल सरकारलाई विश्वास गर्ने वातावरण नभएको स्पष्ट पारे ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *