सुनिल पौडेलविरुद्ध मुद्दा दायर « Lokpath

काठमाडौं। तनहुँको शुक्लागण्डकी नगरपालिका वडा नम्बर ३ स्थायी ठेगाना भई हाल जिल्ला काठमाडौंको शान्तिनगर बस्ने सुनिल  पौडेलविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर भएको छ ।

विदेशस्थित बैंकमा खाता खोल्दा नेपाल राष्ट्र बैंकको स्वीकृति लिनु पर्ने व्यवस्थाविरुद्ध उनले सिङ्गापुरको युनाइटेड ओभरसिज बैंकमा खाता खोली अमेरिकी डलर ५८ हजार रुपैयाँ जम्मा गरेको पाइएपछि विभागले मुद्दा दायर गरेको हो ।

अमेरिकी डलर ५८ हजारको हिसाबले हुन आउने सतहत्तर लाख पैँतालीस हजार नौ सय रुपैयाँ बिगो कायम गरिएको र सोही ऐनको दफा १७ (१)बमोजिम बिगोको तेब्बर अर्थात दुई करोड बत्तीस लाख सैँतीस हजार सात सय रुपैयाँ जरिवाना मागदावी लिई मुद्दा दायर गरिएको विभागले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *