जाजरकोटमा भूकम्पपीडितको टहरामा पहिरो

काठमाडौं । जाजरकोटको कुशे गाउँपालिकामा भूकम्पपीडितको अस्थायी टहरामा पहिरो जाँदा ३ जना घाइते भएका छन् ।

गए राति करिब १० बजेको समयमा  पहिरो जाँदा  कुशे गाउँपालिका–८ की ३४ वर्षीया कमला थापा, १६ वर्षीया निरमाया थापा र ४ वर्षीया हस्तिका थापा घाइते भएकी हुन्    । घाइते भएकाहरुलाई हेलिकप्टरबाट उद्धार नेपालगन्ज लैजाने तयारी भइरहेको प्रहरीले जनाएको छ । घाइतेमध्ये हस्तिकाको अवस्था गम्भीर छ ।

गतवर्ष कात्तिक १७ गते जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पले ठुलो जनधनको क्षति भएको थियो । उक्त भूकम्पले कुशे गाउँपालिका ७, ८, ९ लगायतका वडामा क्षति पुयाएको थियो । बसेको घर भूकम्पले भत्काएपछि गाउँलेहरु अस्थायी टहरामा बसिरहेका छन् ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *