धनुषामा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु, बस चालक फरार –

लालबन्दी : धनुषामा बसको ठक्करबाट एक युवकको मृत्यु भएको छ भने एक जना घाइते भएका छ्न्।

जिल्लाको नगराईन नगरपालिका-३, बलहती पोखरी नजिक सडकमा ना.५ ख २८४० नम्बरको बसले प्रदेश २-०२-००१प २४८७ नम्बरको मोटरसाइकललाई बुधबार दिउँसो ठक्कर दिँदा मोटरसाइकल चालक मुखियापट्टी मुसहरनिया गाउँपालिका-१ बस्ने २५ वर्षीय दिपक साहको मृत्यु भएको हो।

दुर्घटनामा गम्भीर घाइते भएका उनको जानकी हेल्थ केयर अस्पताल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको हो। दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जनाको रामनन्द अस्पताल जनकपुरमा उपचार भइरहेको छ।

हाल फरार बस चालकको प्रहरीले खोजी गरिरहेको प्रहरीले जनाएको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *