एमालेका मन्त्रीहरूले दिए राजीनामा

नेकपा (एमाले) का मन्त्रीहरुले सामूहिक राजीनामा बुझाएका छन्। बुधबार साँझ बालुवाटार पुगेर उनीहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल समक्ष राजीनामा बुझाएका हुन्।

कांग्रेस एमाले सत्ता समीकरणका लागि सहमति जुटेपछि एमालेले मन्त्रीहरुलाई राजीनामा दिन भनेकाे थियाे। साथै एमालले सरकारलाई दिएको समर्थन समेत फिर्ता लिएकाे छ।

प्रधानमन्त्री पुष्पकमल दाहालले राजीनामा नदिएपछि एमालेले बुधबारबाट लागु हुनेगरी सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो।

‘हामीले राष्ट्रिय सहमतिको सरकार निर्माणका लागि प्रधानमन्त्रज्युलाई मार्ग प्रशस्त गर्न आग्रह गरेका थियौं। त्यो भनेको उहाँसँग पनि छलफल गरेर नयाँ किसिमले अगाडि बढ्ने भन्ने मनशाय हो,’ एमाले प्रतिनिधिसभा संसदीय दलका प्रमुख सचेतक महेश बर्तौलाले भने,‘तर उहाँले बाटो खोल्नुभएन। त्यसैले समर्थन फिर्ता लिने निर्णय भयो।’

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *