राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले खोजे सांसदको सक्रियता

राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले खोजे सांसदको सक्रियता

 काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले पूर्वसांसदहरूको अनुभव र क्षमता नयाँ पिढीका सांसदहरूलाई आवश्यक रहेको बताएका छन् ।

पूर्वसांसद मञ्च नेपालको २४औं वार्षिक साधारण सभाको उद्घाटन गर्दै राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले मञ्च संसदीय अनुभवको कारखाना भएकोले नयाँ पिढीका सांसदहरूलाई आवश्यक रहेको र संसदको प्रभावकारिता बढाउन महत्वपूर्ण भूमिका हुने बताए ।

‘लामो संसदीय अनुभव र क्षमतावान व्यक्तित्वहरू रहेको पूर्वसांसद मञ्चले दिने सुझाव संसद्, सरकार र राष्ट्रकै लागि महत्वपूर्ण हुने कुरामा दुई मत हुनै सक्दैन,’ अध्यक्ष दाहालले भने, ‘मञ्चले संघीय संसद्लाई सल्लाह सुझाव र आवश्यक परामर्श दिंदै आएको छ । यसले संसद्को प्रभावकारितामा महत्वपूर्ण सहयोग पुगेको मैले महसुस गरेको छु ।’ संविधान निर्माणको बेलामा पूर्व सांसद मञ्चले खेलेको भूमिकाबारे चर्चा गर्दै दाहालले अबका दिनमा पनि राजनीतिक जटिलता पैदा हुँदा सकारात्मक परिणामका लागि अनुभवी र खारिएका सांसदहरूको सक्रियता आवश्यक हुने बताए ।

नेपाली जनताको त्याग,तपस्या र बलिदानका कारण देशले नयाँ संविधान पाएको चर्चा गर्दै अध्यक्ष दाहालले अहिलेको संविधानलाई केन्द्रमा राखेर अगाडि बढ्नुपर्ने बताए । उनले दलीय आग्रहबाट माथि उठेर राष्ट्रसामु देखा परेका विषयमा साझा धारणा बनाउने पूर्वसांसद मञ्चको कार्यशैलीबारे प्रशंसा गर्दै उनले समयानुकूल संस्थाको विश्वसनीयतालाई बढाउँदै लैजानुपर्नेमा जोड दिए ।

नेपालको ६ दशक लामो संसदीय इतिहासमा राजनीतिक फेरबदल र उतारचढाव धेरै भएको उल्लेख गर्दै राष्ट्रिय सभा अध्यक्ष दाहालले संसदीय इतिहासमा पूर्वसांसद मञ्च संसदको परामर्शदातृ संस्थाकै रुपमा रहेको र अहिले पनि संघीय संसदका दुवै सदनले नियमावलीमै परामर्श सेवा दिने संस्थाका रुपमा उल्लेख गरेको बताए ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *