खेत जोत्ने क्रममा आफैंले चलाएको ट्याक्टरमा चेपिएर मृत्यु –

हरिवन : सर्लाहीको हरिवन नगरपालिका वडा नम्बर २ मा ट्याक्टरले खेत जोत्ने क्रममा चेपिएर एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा ५० वर्षीय चालक सहदेव चौधरी रहेका छन्।

अरूको खेत भाडामा जोत्न गएका उनलाई आफैंले चलाएको ज १ त ५७५७ नम्बरको ट्याक्टर अनियन्त्रित भएर चेप्दा मृत्यु भएको इलाका प्रहरी कार्यालय हरिवनले जनाएको छ।

आइतबार मध्याह्न १२ बजेतिर उक्त दुर्घटना भएको प्रहरीले जनाएको छ।

शवलाई आवश्यक प्रक्रिया पूरा गरी पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल मलंगवा लगिएको प्रहरीले जनाइएको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *