एचके मडरर्सले जित्यो राष्ट्रिय ई स्पोर्ट्स च्याम्पियनसिपको उपाधि

सुर्खेत । एचके मडरर्सले जित्यो राष्ट्रिय ई स्पोर्ट्स च्याम्पियनसिपको उपाधि।

हेल नाइट मडरर्सले प्रथम राष्ट्रिय स्पोर्ट्स च्याम्पियनसिप २०८१को उपाधि शनिवार जितेको छ।

कर्णाली प्रदेशको सुर्खेत विरेन्द्रनगरमा शुक्रबार र शनिवार भएको फाइनल चरणको लियो स्पोर्ट्सलाई पछि पार्दै एचके मडर्सस च्याम्पियन बनेको हो ।

एचके मडरर्सले जित्यो राष्ट्रिय ई स्पोर्ट्स च्याम्पियनसिपको उपाधि।

दुवै टोलीले समान अंक जोडेपनि धेरे चिकेन डिनर खाएको आधारमा एचके मडरर्स च्याम्पियन बनेको आयोजक ई स्पोर्ट्स एसोसिएनका सचिव आशिष दाहालले जानकारी दिए ।

च्याम्पियन बनेको एचके मडरर्सले २ लाख २५ हजार प्राप्त गर्‍यो ।

दोस्रो भएको लियो स्पोर्ट्सले १ लाख ८० हजार पायो ।

तेस्रो भएको फ्याभ फोरले १ लाख ८ हजार प्राप्त गर्‍य।

पब्जी मोबाइलमा अन्तिम चरणमा प्रतिस्पर्धा गरेका १६ वटै टिमले नगद पुरस्कार प्राप्त गरेका थिए।

लियो स्पोर्ट्सका लिओ एक्स हैतदामी मोस्ट भ्यालुएबल प्लेअर (एमभिपी) घोषित भए ।उनले एक थान टेक्नो पोभा-६ मोबाइल प्राप्त गरे ।

च्याम्पियनसिपमा तीन इभेन्ट समावेश गरिएको थियो । जसमा इफुटबलको उपाधि गौरव पुडासैनीले जिते ।

यस्तै मोबाइल लेजेण्ड्स (एमएलबीबी) को मोबाइल पब्जी बाहेक बाँकी दुई इभेन्ट अनलाइनमा आयोजना भएको थियो ।

ई स्पोर्ट्स संघ नेपालको आधिकारिक गठन भएपछि पहिलो प्रतियोगिता कर्णाली प्रदेशमा आयोजना गरिएको हो ।

पहिलो पटक आयोजना भइरहेको ई राष्ट्रिय स्पोर्टस् च्याम्पियनसिपको छनोटमा पब्जीमा १३६ टिम, मोबाइल लेजण्ड्समा ४० टिम र ई फुटबलमा १९३ खेलाडीले प्रतिस्पर्धा गरेका थिए ।

छनोट चरणको खेलपछि मोबाइल पब्जीको १६ टोलीले प्रतिस्वर्धा गरेका थिए ।

विजेतालाई कर्णाली प्रदेश खेलकुद विकास परिषदका सदस्य सचिव विश्वामित्र सन्ज्याल, ईशानका अध्यक्ष अन्जन धमला, वरिष्ठ उपाध्यक्ष हिमबिक्रम केशी, सचिव बालकुमार केसी लगायतले पुरस्कृत गरेका थिए ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *