रुद्र भट्टराईद्वारा सर्लाहीमा कृषि सहकारी संचालन र विकासमा योगदान

रुद्र भट्टराईले सर्लाहीमा कृषि सहकारी संचालन र विकासमा योगदान

सर्लाही : नेपाल कृषि केन्द्रीय संघका महा प्रबन्धक श्री रुद्र भट्टराईद्वारा सर्लाहीमा कृषि सहकारी सस्थामा आज अवलोकन गर्नु भएको छ । सर्लाही जिल्ला, बागमती नगरपालिका, सोल्टी बजारमा स्थित साना किसान कृषि सहकारी संस्थामा रुद्र भट्टराईले भ्रमण गर्नु भएको थियो ।

महा प्रबन्धक रुद्र भट्टराईले साना किसान कृषि सहकारी संस्था संचालन र कृषि ब्यबसायको अवलोकन गर्नु भएको थियो । यस अवलोकनको मुख्य उद्देश्य , संस्थाले कृषि उत्पादन र ब्यबसायको प्रवाहमा सामाजिक, आर्थिक र पर्यावरणीय पहलमा मद्दत कसरी पुर्याउँने भन्ने विषयमा छलफल गर्नु थियो ।

रुद्र भट्टराईले विशेष रूपमा संस्थाको संगठन, वित्तीय प्रबन्धन, उत्पादन र बाजार निर्धारण, गुणस्तरीय उत्पादन, उत्पादक समूहको सशक्तिकरण, विपन्न संगठन र स्थानीय संसाधनको प्रयोग साथै संरक्षण गर्ने तरिका साथै कृषि व्यवसायको विषयमा छलफल गरेका थिए।

यसैगरी, रुद्र भट्टराईद्वारा सर्लाहीमा कृषि संस्थाको स्थायी विकास तथा सुधारका लागि कार्यक्रममा  विभिन्न  सुझाव पनि दिएका छन। यो अवलोकनले संस्थाले अर्का स्तरमा बढी जिम्मेवारीपूर्ण रुपमा कृषि व्यवसाय समेत सम्मानजनक बनाउन सहायता पुर्याउने आश देखिएको छ ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *